सिमकार्ड हराएमा/बिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ । प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड

२९ माघ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ग्राहक सेवाबाट प्राप्त गर्ने आम्दानी घटेपनि ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही […]

चीनको दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी

चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्। यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन । राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो। सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ । यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।

एसईईका विद्यार्थीलाई टेलिकमको नि:शुल्क सिम

काठमाण्डाै – नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको  निःशुल्क सिम उपलब्ध गराउने भएको छ । सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ ।विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने पुरानै सिममा विभिन्न अफरहरु उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि नयाँ मोबा...

यसरी हेर्न सकिन्छ एसईई नतिजा

११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको […]

नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने...

एसईईको नतिजा नेपाल टेलिकमबाटै हेर्न मिल्ने, यसरी हेर्नुहोस्

२०७८ सालको सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसईई) परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरेर नतिजा थाहा पाउन सकिने छ । यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर स्पेस दिएर छाडी अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर नतिजा

फोरजी एलटीई वाईफाईका लागि टेलिकमको सहकार्य

नेपाल टेलिकमले एफटीटीएच सेवा नपुगेका सुगम तथा दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेज ल्याएको हो ।कम्पनीले उपलब्ध गराइरहेका प्याकेजहरुमा डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ […]

नयाँ वर्षमा स्मार्ट टेलिकमको अफर

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ ।चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डेटा प्याक खरिद गर्दा दोब्बर खुसी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।यस योजना […]

टेलिकमको भिओएलटिई सेवा कसरी लिने ?

काठमाडौं। नेपाल टेलिकमले आजबाट परीक्षणको रुपमा सुरु गरेको भ्वाइस ओभर (भिओएलटिई) सेवा लिन सबैभन्दा पहिला भिओएलटिई सपोर्ट गर्ने मोबाइल चाहिन्छ। त्यसमा ८४४४३ डायल गरी प्राप्त निर्देशनअनुसार भिओएलटिई एक्टिभेट गर्न सकिन्छ। उक्त सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ। लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ। भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी

काठमाडौं : विगत पाँच महिनादेखि रिक्त रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराज अधिकारी नियुक्त भएका छन्। खुल्ला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनमध्येबाट सबैभन्दा धेरै अंक प्राप्त गरेर टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन्। सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको समितिले प्रबन्ध न...