नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिको आफ्नो पार्टीले पाउनुपर्ने बटमलाइन बनाउने भएको छ । नयाँ निर्वाचनको परिणाम सार्वजनिक भएपछि सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेसँगै दलहरुबीच पद बाँडफाँटबारे आन्तरिक गृहकार्य तीव्र भइरहेका बेला समाजवादीले राष्ट्रपति पदलाई बटमलाइन बनाउन लागेको हो । हालकै सत्ता गठबन्धनले नै सरकार बनाउने तयारी भएका बेला गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा समाजवादीले ‘पावर सेयरिङ’को भागबण्डामा राष्ट्रपतिको ‘बटमलाइन’ बनाउने पार्टीभित्र सहमति