काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो पश्चिमी भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार दिउँसो गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै‚ कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई वर्षा र हिमपात हुन लागेको मौसमविद् शाक्यले ज