‘गण्डकीमा हाम्रा साथीहरूलाई माओवादीले सघाउने र लुम्बिनीमा नयाँ सरकार बनाउन कांग्रेसले अरूलाई सघाउन सक्ने विकल्प पनि छ। तर कुन प्रदेशमा के गर्ने भनेर केन्द्रबाट कुनै सहमति वा सर्कुलर गरिएको छैन,’ कांग्रेस सभापति देउवानिकट एक पदाधिकारीले भने, ‘प्रदेश संसदीय दलले नै यसबारे निर्णय गर्न सक्छ।’