काठमाडौं : निर्वाचन आयोगले सातवटै प्रदेशको निर्वाचन परिणाम बुझाएसँगै सरकार निर्माणको बाटो खुलेको छ। सातमध्ये चार प्रदेशमा सत्ता गठबन्धनको बहुमत छ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत छ। बाँकी तीन प्रदेश प्रदेश १, मधेश र लुम्बिनीमा सरकार बनाउन गठबन्धनलाई सत्ता गठबन्धन बाहिरका दलको समर्थन आवश्यक पर्ने देखिएको छ।बहुमत भएका प्रदेशमा गठबन्धनभित्र कसले कुन प्रदेशको नेतृत्व गर्ने भन्ने विषय टुंगो लागिसकेको छैन। गठबन्धनमा आबद्ध दलहरूले ‘पावर सेयरि