काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेस द्रूतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ ।
नेपाली सेना ...
२४ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ-तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रूत मार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका […]
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौँ–निजगढ द्रूतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको पनि बताए। […]
२३ चैत, काठमाडौं । काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ । नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ । आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना […]
काठमाडौं, १५ जेठ : सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । यसका लागि ३० […]
काठमाडौं, माघ २६ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं-तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो प्रतिवद्धता जनाएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय […]
१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् । ७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग […]
ललितपुर महानगरपालिका–२१ र २२ मा पर्छ खोकना र बुंमति क्षेत्र । विकास आयोजनाको विषयमा हुने विवादका कारण यी २ क्षेत्र निकै लामो समयदेखि चर्चामा रहेका छन् ।
काठमाडौं–तराई मधेश द्रूतमार्ग, बाहिरी चक्रपथ विस्तार आयोजना, स्मार्ट सिटी, नेपाल विद्युत् प्राधिकरण अन्तर्गत हाइटेन्सन लाइन, बाग्मती करिडोर लगायतका आयोजनाहरू विवादले रुमल्लिएका छन् ।
काठमाडौं–तराई मधेश द्रूतमार्ग
बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रूतमार्गको आरम्भविन्दु नै खोकना मानिएको छ । तर स्थानीय र सरकारबीच कुरा न...
नेपाली सेनाले थालेको काठमाडौं-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)को निर्माण प्रगति ११.११ प्रतिशत छ।
सेनाका अनुसार वित्तीयतर्फ ९.४२ प्रतिशत खर्च भएको छ। आयोजनामा हालसम्म १७ अर्ब ८३ करोड खर्च भइसकेको सेनाले जनाएको छ।