महिनावारी भएका छात्रालाई कपडा खोल्न लगाएपछि क्याम्पस तोडफोड

‘महिनावारी भएका विद्यार्थीलाई समेत चिट ल्याएको भन्दै अन्डरवेयरसम्म खोल्न लगाएको भन्ने विद्यार्थीको गुनासो छ’, अनेरास्ववियु मकवानपुर क्याम्पस संयोजक विश्वास पराजुलीले भने, ‘विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै स्वतस्फूर्त आन्दोलनमा निस्किएका विद्यार्थीले हेटौंडा क्याम्पसमा तालाबन्दी गर्दै तोडफोड गरेको जानकारी पाएका छौं।’

सम्बन्धित सामग्री

प्रयोगमै छैनन् लाखौँमा किनिएका सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिन

नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउँदै आएको छ ।

प्याडको व्यवस्था गरेपछि महिनावारी हुँदा कक्षा छाड्नेकाे दर शून्यमा झर्‍यो

पाल्पा- यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच रुपैयाँ उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो । आजभन्दा करिब पाँच वर्ष अघिसम्म सेनिटरी […]

सेनेटरी प्याड लिन छात्रालाई स्मार्ट कार्ड

‘विगतमा विद्यालयमा महिनावारी हुँदा प्याड माग्न सकिँदैन थियो। अब कार्ड हातमा हुन्छ। मेशिनबाट एटिम प्रयोग गरेर पैसा निकाले जस्तै प्याड निकालिन्छ। जसले विद्यालय नियमित आउँन सहज हुन्छ।’...

क्याम्पसमा छात्रालाई दुर्व्यवहार गर्ने दुई कर्मचारी निलम्बित

हेटौँडा : परीक्षा दिन पुगेका दुई छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौँडा क्याम्पसले दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ।हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई निलम्बन गर्ने सहमति गरेको हो। स्नातक तह दोश्रो वर्षको परीक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको थिए।पीड

गुणस्तरहीन सेनिटरी प्याड: लगानी ठूलो गुणस्तरमा प्रश्न

काठमाडौं, बैशाख १६ । छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ । स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् । […]

सेनिटरी प्याडको गुणस्तरमा प्रश्न

छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ ।स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा समृद्धि राईले पसलमा पाइने सेनेटरी प्याडभन्दा नराम्रो भएको टिप्पण

तनहुँमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँ, ४ पुस । तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख […]

२८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ। छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो।...

छात्रालाई निःशुल्क सेनेटरी प्याड

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको छ। महिनावारी भएको अवस्थामा विद्यालय छाड्न बाध्य किशोरीलाई ध्यानमा राखेर नगरपालिकाले ८ देखी १० कक्षामा अध्ययनरत छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन सुरु गरेको हो।