नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको छ । टिजिग फर्मा प्रालि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए ।उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै प