अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन शुरू भएको छ ।
नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन शुरू भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।
नेपालमा क्यान्सरको औषधि उत्पादन शुरू हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औष...