काठमाडौं । कपिलवस्तु क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित बनेका छन् । उनले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् । मतगणनाको अन्तिम मत परिणामअनुसार आचार्यले ३९ हजार १४ मत ल्याउँदा एमालेका गुप्ता ३८ हजार ६९७ मतमा रोकिए ।