राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो

काठमाण्डौ – राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ ।यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ६६ पृष्ठको राहदानी बनाउँदा पनि पाँच हजार रुपैयाँ मात्र दस्तुर लाग्ने छ । यसअघि भने १० हजार रुपैयाँ लाग्ने गरेको थियो । ३४ पृष्ठको राहदानी बनाउँदा पनि दस्तु...

सम्बन्धित सामग्री

६६ पृष्ठको राहदानीको आवेदन फारम भर्न मलेसियास्थित नेपाली दूतावासको अनुरोध

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले तत्काललाई राहदानीको आवेदन भर्दा ६६ पृष्ठको लागि आवेदन दिन अनुरोध गरेको छ । ६६ पृष्ठ र ३४ पृष्ठको राहदानी बनाउँदा लाग्ने दस्तुर एउटै भएपछि दूतावासले मलेसियामा कार्यरत नेपालीलाई ६६ पृष्ठको राहदानीको आवेदन दिन भनेको हो । यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा लाग्ने दस्तुर फरक थियो । तर यही असार तीन गतेदेखि लागू हुने गरी सरकारले ६६ पृष्ठको राहदानी  र ३४ पृष्ठको राहदानी बनाउँदा लाग्ने शुल्क एउटै कायम गरेको छ । मलेसियामा रहेको नेपाली दूतावासबाट आ...