काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले तत्काललाई राहदानीको आवेदन भर्दा ६६ पृष्ठको लागि आवेदन दिन अनुरोध गरेको छ ।
६६ पृष्ठ र ३४ पृष्ठको राहदानी बनाउँदा लाग्ने दस्तुर एउटै भएपछि दूतावासले मलेसियामा कार्यरत नेपालीलाई ६६ पृष्ठको राहदानीको आवेदन दिन भनेको हो ।
यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा लाग्ने दस्तुर फरक थियो । तर यही असार तीन गतेदेखि लागू हुने गरी सरकारले ६६ पृष्ठको राहदानी र ३४ पृष्ठको राहदानी बनाउँदा लाग्ने शुल्क एउटै कायम गरेको छ ।
मलेसियामा रहेको नेपाली दूतावासबाट आ...