स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ ।
जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् । आयोजनाको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पामात्र नभई कर्णालीकै भविश्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए । सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँमा आयोजनाको काम अघि बढेको र त्यसका लागि कार्यकारी प्रमुख सञ्जय सापकोटा लागिपरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।