विराटनगर : शनिबार मत गणनाका क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको गणना अझै शुरु हुन सकेको छैन।मतगणनामा धाँधली भएको भन्दै काँग्रेसका प्रतिनिधिहरूले मत पुनः मत गणना हुनुपर्ने भन्दै माग राख्दा एमालेका प्रतिनिधिहरूले पुनः मत गणना गर्न सम्भव नहुने बताउँदै गणना चालू राख्नुपर्ने माग राखेका थिए।दुई मुख्य दलको विवाद चर्किएपछि शनिबार साँझ निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो तर सर्वदलीय बैठकमा पनि सहमति हुन नसकेपछि निर्वाचन कार्यालयले सूचना टाँस गरेर मतगणना स्थगित