काठमाडौं अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज किन कोलकाता ‘डाइभर्ट’ भयो ?

१४ कात्तिक, काठमाडौं । आइतबार अपरान्ह सवा तीन बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ । यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो । यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको […]

सम्बन्धित सामग्री

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

त्रिभुवन विमानस्थलबाट ४ वटा जहाज डाइभर्ट, ४ वटा आकाश मै घुमेको घुम्यै

बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्। विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी अत्यन्त कम भएकाले जहाज अवतरण र उडान प्रभावित भएको हो ।केहि जहाज डाइभर्ट गरिएको र केहि जहाज अझै आकाश मै घुमिरहेका छन् । जस अनुसार कुवेतबाट आएका जजिराको २ वटा जहाज बंगलादेशको ढाका डाइभर्ट गरिएको छ भने दुवईबाट आएको फ्लाई दुवैको जहाज भारतको कोलकाता डाइभर्ट गरिएको छ । त्यस्तै साउदी अरेबियाबाट आएको हिमालयन एयरलाइन्सको जहाज पनि ढाका डाइभर्ट गरिएको छ ।दोहाबाट आएको नेपाल एयरलाईन्सको जहाज, दोहाबाट नै आएको कतार एयरलाइन्सको जहाज, र दुवईबाट आएको हिमालयन एयरलाईन्सको जहाजहरु आकाशमा नै घुमिरहेका छन् ।भिजिबिलिटी बढेपछि जहाजहरु नियमित  अवतरण र उडान हुने विमानस्थलले जनाएको छ।

काठमाडौँ आएको विमान कोलकाता डाइभर्ट

शुक्रबार बिहान मलेसियाबाट काठमाडौँ आएको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२०’ न्यारोबडी जहाज भारतको कोलकाता ‘डाइभर्ट’ भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले सिमराको आकाशबाटै कोलकाता मोडिएको उक्त जहाज आरएनपी–एआर एप्रोच प्रणालीमा काठमाडौँमा अवतरण हुन सक्थ्यो तर विमानमा जडान भएका दुईवटा जीपीएस प्रणाली सिस्टममध्ये एउटा उपकरणमा समस्या आएपछि उक्त जहाज कोलकाता ‘डाइभर्ट’ भएको बताउनुभयो ।