काठमाडौँ आएको विमान कोलकाता डाइभर्ट

शुक्रबार बिहान मलेसियाबाट काठमाडौँ आएको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२०’ न्यारोबडी जहाज भारतको कोलकाता ‘डाइभर्ट’ भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले सिमराको आकाशबाटै कोलकाता मोडिएको उक्त जहाज आरएनपी–एआर एप्रोच प्रणालीमा काठमाडौँमा अवतरण हुन सक्थ्यो तर विमानमा जडान भएका दुईवटा जीपीएस प्रणाली सिस्टममध्ये एउटा उपकरणमा समस्या आएपछि उक्त जहाज कोलकाता ‘डाइभर्ट’ भएको बताउनुभयो ।

सम्बन्धित सामग्री

मलेसियाबाट नेपाल आउँदै गरेको विमान भारतको कोलकाता पुग्यो

मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न  नसकेपछि भारतको कोलकाता पुगेको हो । नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण […]

जिपिएसमा समस्या भएपछि मलेसियाबाट आएको न्यारोबडी कोलकाता डाइभर्ट

मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ। जिपिएसमा समस्या देखिएका उक्त विमान कोलकाता डाईभर्ट भएको खुलेको छ। न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि ...

जिपिएसमा समस्या देखिएपछि मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी जिपिएसमा समस्या देखिएका कारण सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको खुलेको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि उक्त समस्या भएपछि विमान कोलकाता डाइभर्ट गरिएको हो ।

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

बुद्ध एयरको सेवा दुर्गमतर्फ केन्द्रित

काठमाडौं । २०७५ असार १५ गतेदेखि बुद्ध एयरले अन्तरराष्ट्रिय उडानतर्पm पहिलोपटक नेपालको काठमाडौं र भारतको बनारस उडान शुरू गरेको थियो । त्यसपछि भारतकै कोलकाता र दिल्ली उडानलाई प्राथमिकता दिएको उक्त एयरले सोचेजस्तो बिजनेश नपाउँदा र भारतले दिल्लीतर्पmको उडान रूटमा अनुमति नदिँदा अहिले भने नेपालकै दुर्गम क्षेत्रमा कम्पनी केन्द्रित भएको छ । २४औं वार्षिकोत्सव मनाइसकेको बुद्ध एयरले काठमाडौं–कोलाकता उडान २०७६ जेठबाट शुरू गरेको थियो । तर, कोलकाताबाट आउने यात्रु कम भएको र कम्पनीलाई घाटा भएको भन्दै बुद्धले ६ महीना उडान गरेपछि मङ्सिरमा यो उडान सेवा बन्द गरेको थियो । यस्तै नेपालगञ्जबाट भारतको दिल्ली उडान गर्ने योजना पनि अघि सारेको कम्पनीले भारतले रूट नदिँदा यो गन्तव्यमा भने उडान शुरू गरेको छैन । अन्तरराष्ट्रिय उडानलाई उच्च महŒव दिएको बुद्धले पोखरामा यस्तै उडानलाई लक्षित गर्दै ‘बुद्ध एयर इन्टरनेशनल’ कम्पनी नै स्थापना गर्ने योजना पनि अघि सारेको थियो । काठमाडौं–बनारस उडानलाई बाहेक अन्य अन्तरराष्ट्रिय गन्तव्यलाई अहिले थाती राखेको बुद्ध एयरले अब भने दुर्गमतर्फको उडानलाई लक्षित गर्दै उडान योजना अघि सारेको छ । निजीक्षेत्रको अग्रणी मानिँदै आएको उक्त कम्पनीले दुर्गम गन्तव्यमा उडान गर्न १९ सीटे ट्वीनअटर विमान खरीददेखि सोही किसिमका विमानस्थल पनि छान्न शुरू गरेको छ । दुर्गम क्षेत्र अर्थात् स्टल रूटमा सञ्चालन हुने ट्वीनअटर विमान खरीद, विमानस्थल छनोट, पाइलट तथा जनशक्ति तयार गर्ने विषयमा बुद्धले गृहकार्य शुरू गरिसकेको कम्पनीका कम्युनिकेशन म्यानेजर दीपेन्द्रकुमार कर्णले जानकारी दिए । उनले दुर्गममा जानका लागि २६ ओटा विमानस्थल छानिएको पनि बताए । जहाजसँगसँगै पाइलट, विमानस्थल छनोटलगायत आवश्यक तयारी १ वर्षभित्र पूरा गर्ने बताउँदै उनले तीमध्ये सम्भावना देखिएका विमानस्थलहरूमा उडान निश्चित गरिने बताए । सुदूरपश्चिमका लागि नेपालगञ्ज, पश्चिमका लागि पोखरा र पूर्वका लागि रामेछापको मन्थलीलाई हब बनाएर बुद्धले स्टल रूटमा उडान गर्नेछ । मन्थलीबाट सोलुखुम्बु, ताप्लेजुङ विमानस्थल, नेपालगञ्जबाट हुम्ला, सिमीकोटजस्ता गन्तव्य र पोखराबाट जोमसोमजस्ता गन्तव्यमा उडान गर्ने कम्पनीको तयारी छ ।

कोलकाता विमानस्थलले मुम्बई र दिल्ली लगायतका ठाउँबाट आएका विमान उत्रन नदिने

कोलकाता : कोरोना भाइरसको कहर तीब्र गतिमा फैलिन थालेपछि कोलकाता विमानस्थलले शनिवार दिल्ली, मुम्बई, चेन्नई, पुणे, नागपुर र अहमदावबाट कुनै पनि फ्लाइट आउन नदिने जनाएको छ। सोमवारबाट लागू हुने गरी १९ जुलाईसम्म ती स्थानहरुबाट विमान सेवा आउन नदिने जनाएको हो। भारतले मे २५ देखि आन्तरिक हवाई उडान पुन: सुरु

टर्यो ठूलो विमान दुर्घटना

शुक्रबार एउटा ठूलो विमान दुर्घटना टरेको छ । कोलकाता गइरहेको इन्डिगोको एक ए–३२० विमान चरासँग ठोकिएको बताइएको छ । चरासँग ठोकिएपछि विमानलाई हतारमा लखनउनै फर्काइएको थियो । विमानसँग चरा ठोकिएपछि यात्रुहरुबीच खलबली मच्चिएको थियो ।