ब्राजिलमा भारी वर्षा जारी छ । वर्षाका कारण सोमवारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ ।
ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।
यहाँको प्रकोप नियन्त्रण निकायले सोमवारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको र अन्य ३५८ जना घाइते भएका जनाएको छ ।
वर्षापछिको बाढीका कारण उनीहरू घाइते भएका हुन् । सो वर्षाबाट करीब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ । रासस-सिन्ह्वा