पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभादेखिका व्यापारीहरुले उत्पादित सामानहरु लिएर आउने गर्दथे। साथै त्यो ठाउँबाट ढकार बोकेर नुन, तेल, मर–मसला ओसार्ने पनि प्रमुख थलो थियो। तर, यतिबेला त्यो नाका सुनसान अनि ओझेलमा परेका छन्।...
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध) का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध) का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्।
रामपुर (पाल्पा), १ वैशाख वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ । कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत […]
काठमाडौँ,१२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली बजार ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो । पूर्णागिरि मन्दिरको दर्शन पछि ब्रह्मदेव वा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरको समेत दर्शनपश्चात् मनोकामना पूरा हुने धार्मिक […]
गण्डकी । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् ।
म्याग्दी । म्याग्दीको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालयमा आज बिहानैदेखि श्रद्धालु, भक्तजनहरुको भीड लागेको छ । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाका भक्तजनहरुले पूजा गरेका हुन् । आज साउन महिनाको पहिलो सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न […]
म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा आज शिवरात्रिका दिन बिहानैदेखि भक्तजनको भीड लागेको छ। म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने धार्मिकस्थल गलेश्वरमा भक्तजनको चहलपहल पुरानै लयमा फर्किएको छ।मंगलबार (आज) बिहानैदेखि गलेश्वर शिवालय परिसरमा नै कालीगण्डकीबाट पम्पिङ गरेर ल्याइएको जल (पानी)का गौमुखे धाराहरूमा स्नान गरेर भक्तजनले गलेश्वर शिवालयमा पूजाआजा गर्नुका साथै मन्दिरको दक्षिणपश्चिमतर्फ रहेका १ सय ८ शिवलिंगमा जल र बेलपत्र
कागबेनी, २० असोज । सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नका लागि मुस्ताङको कागबेनी भरिभराउ भएको छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको हो । दसै अघि सोह्रश्राद्धको औँसी तिथि पारेर कागबेनीमा पिण्डदान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ […]