भीमफेदी-कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने
मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने...
हेटौंडा : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ।शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड शनिबार बिहान खसेको पहिरोले पुनः अवरुद्ध भएको हो।शुक्रबार राती परेको पानीले भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको उनको भनाइ छ।
बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।