अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।