जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महीनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज ।नयाँ जहाज खरीद गरेपछि अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको छ। आन्तरिक मात्र नभइ अन्तरराष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन । तस्वीर : रासस