झापा– झापाको चारआलीबाट बुधवार प्रहरीले ठूलो परिमाणको सुपारी बरामद गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले ६१ बोरा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ च ८९६७ नम्बरको पिकअप भ्यानमा उक्त सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी […]
सुर्खेत : अवैध रूपमा घरमा लुकाईछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन वन कार्यालय डोल्पाले बरामद गरेको छ।ठूलिभेरी नगरपालिका–३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाईछिपाई राखिएको ६९ बोरा झण्डै पच्चीस सय केजी बराबरको जटामसी बरामद गरिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ।शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाईछिपाई राखिएको जटामसी बरामद गरेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख महेश कमाईले जानकारी दिए।संकटापन्न वन्यजन्
हेटौंडामा अवैध सात बोरा कपडा बरामद गरिएको छ। मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस हेटौंडा–१५ रातोमाटेमा जाँच गर्दा विभिन्न प्रकारको सात...
चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]
नेपालगञ्ज – भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि […]
भारतबाट नेपालतिर अवैध रुपमा भित्र्याउन थालिएको दुई सय बोरा चिनी बरामद भएको छ। भारतको बिहार राज्यको राजधानी पटनाबाट आएका दुई ओटा भारतीय नम्बरको कन्टेनरबाट सर्लाहीको मलंगवा भन्सारले दुई सय बोरा चिनी बरामद गरेको छ।...
भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ। भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार...
भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए ।कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख