धनकुटा कुशेटारका युवाको लोभलाग्दो सामूहिक बाख्रापालन

धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रापालन गर्ने युवाको संख्या बढेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका स्थानीय युवाले सामूहिक बाख्रापालन गरेर आम्दानी लिइरहेका छन् । पहिले एकल स्थानीय जातका बाख्रा पाल्दै आएका युवा किसानले अहिले सामूहिक रूपमै उन्नत जातका बाख्रापालन गरिरहेका हुन् । कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फार्म दर्ता गरेर उन्नत जातका बाख्रापालनका साथै रातमाटे घाँसी बोयर बाख्रापालन समूह पनि गठन गरेका छन् । बाख्रापालन व्यवसायमा अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केका छन् । वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको उनीहरु बताउँछन् । कुशेटारका देवी नेम्बाङ अचेल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले रातमाटे घाँसी बोयर बाख्रापालन समूह नामक सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० वटाभन्दा बढी बाख्रा छन् । गाउँमै व्यावसायिक बन्न बाख्रापालन रोजेको उनी बताउँछन् । चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरिद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख रुपैयाँभन्दा बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षण पेसामा आबद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुरपालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुरपालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए । ६ वर्षअघि सुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले सुनाए । नेम्बाङले खरी, जमुनापार हुँदै बोयर बाख्रापालन गरिरहेका छन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रापालन गरिरहेका छौं । समूहमा मिलेर काम गरेका छौं । राम्रो परिणाम आउनेमा विश्वस्त छौं ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोगसमेत गर्ने बताए । कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० वटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको सिलसिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष काम गरेर याख्याले गाउँ फर्केपछि सुँगुरपालन थालेका छन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँभन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनका लागि खोरमा मात्रै ३ लाख लगानी गरेका छन् । ‘विदेशमा अर्काको अधीनमा बस्नुपर्छ तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेसालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ पुख्र्यौली बाख्रापालन गर्दै आएका कुशेटारका स्थानीयले यो पेसालाई व्यावसायिक बनाएका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न समूहमा बाख्रापालन सुरु गरेको र सरकारी अनुदानभन्दा आफैं सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरका बाख्रा फार्ममा करिब १ हजारभन्दा बाख्रा पालिँदै आएको छ । कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले जानकारी दिए । बाख्रापालनका लागि आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार रुपैयाँ सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका उनको भनाइ छ । कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर बोका छन् । २१ घरले बाख्रापालनका लागि करिब २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

सम्बन्धित सामग्री

एक करोड असी लाख लगानीमा सामूहिक बाख्रापालन

यहाँका तीन युवा मिलेर सामूहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका–४, सिङ्गामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामूहिक रूपमा उन्नत जातका बाख्रा पाल्न थालेका हुन् । तीमध्ये दुई जना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन् ।

आत्मनिर्भर बन्न सामूहिक बाख्रापालन गर्दै कृष्णपुरका महिलाहरु ‍‍‍(भिडियो )

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर-२ का महिलाहरु आत्मनिर्भर बन्न सामूहिक बाख्रापालनमा जुटेका छन् । कोभिडका कारण वैदेशिक रोजगारमा गएका श्रीमानको रोजगारी गुमेपछि उनीहरुले गाउँमै समूह गठन गरेर बचत तथा सामूहिक बाख्रापालनमा जुटेका हुन् । कञ्चनपुरको कृष्णपुर-२ बण्डका महिलाहरु आफ्नै समूदायमा समूह बनाएर बाख्रापालनमा लागेका छन् । श्रीमानले कमाएको पैसाले घरखर्च चलाउन र छोराछोरी पढाउन समस्या हुन […]

धनकुटाका युवाको आकर्षण बाख्रा पालन व्यवसायमा

साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।  कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् । बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् । कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् । चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए । ६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।  कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।  ‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’ कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् । कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’ कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

धनकुटाको कुशेटारमा सामूहिक बाख्रापालन, प्रतिपरिवार मासिक तीन लाखसम्म आम्दानी

धनकुटा : पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ। यसै क्रममा साँगुरीगढी गाउँपालिका ३ कुशेटारका २१ परिवारले सामूहिक बाख्रापालन गरिरहेका छन्। पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका उनीहरुले अहिले सामूहिक रुपमा उन्नत जातका बाख्रापालन गरिरहेका छन्। २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फर्म दर्ता गरेर उन्नत जातका बाख्रापालन गरिरहे पनि ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन्। बाख्रापालन व्यवसायमा अधिकांश युवा छन्। वैदेशिक रोजगारबाट फर्केका उनीहरुल

चार करोड लगानीमा २० परिवारको सामूहिक बाख्रापालन

शारदा नगरपालिका ५ रानिकोटका स्थानीयले सामूहिक बाख्रापालन गरेका छन् । पहिले एक्लाएक्लै आएका स्थानीयले अहिले सामूहिक रुपमै बाख्रापालन गर्न थालेका हुन् । शारदा नगरपालीका ४ रानिकोटकी रीता आर्चाले पहिले घरमा दुईचारवटा मात्र बाख्रा्पाल्दै आउनुभएको हो । बाख्रा चराउन जंगल लैजानुपथ्र्याे तर अहिले सहज भएको उहाँको भनाइ छ । रानीकोटै चम्फा शाहीका घरमा पहिले घरमा रहरले एक दुई वटा मात्र बाख्रापालन गर्नु भएको थियो तर अहिले सामूहिक बाख्रापालनमा लागेपछि जंगल चराउन लैजान दुःख हटेको छ भने आम्दानी पनि भैरहेको छ । रानीकोटका २० घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

दुई करोड लगानीमा युवाको सामूहिक बाख्रापालन

म्याग्दीका पाँच जना युवाले दुई करोड रुपियाँ लगानी गरेर सामूहिक रुपमा बाख्रापालन व्यवसाय थालेका छन् । वर्षौंदेखि विदेशमा बसेका युवा गाउँ फर्किएर बोयर जातको बाख्रापालनमा सामूहिक रुपमा लगानी गरेका हुन । विदेशमा वसेका युवाहरु गाउँफर्किएर व्यवसायिक रुपमा बाख्रापाल्न थालेपछि गाउँलेहरु पनि उत्साहित भएका छन् । गाउँबाट विदेश जाने युवाको लर्को नै चलेको बेला यी युवा भने गाउँ फर्किएर बाख्रापालन व्यवसाय थालेका हुन् । परिश्रम गर्न सके गाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण युवाले देखाएका छन् । रोजगारीको क्रममा साउदी, कतार र कोरिया गरेर २३ वर्ष विताउनुभएका बेनी नगरपालिका ४ डाँडाखेतका महेन्द्र बानियाँको नेतृत्वमा पाँचजना युवाले सामूहिक लगानीमा डाँडाखेतमा बाख्रापालन थालेका हुन् । खोर निर्माण,जग्गा व्यवस्थापन र बाख्रा खरिदमा दुई करोड रुपियाँ भन्दा बढी लगानी गरिसकेका छन् । युवाहरुले एकवर्ष अघि एकता एग्रो बोयर बाख्रा फार्म स्थापना गरेका हुन । बाख्रापाल्नका लागि पाँचरोपनी जग्गामा व्यवस्थित र आधुनिक खोर बनाएका छन् । युवाले निर्माण गरेको खोर जिल्लामै नमुना भएको भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवाष रेग्मीले बताउनुभयो । महेन्द्र र ध्रुव कँुबरले फार्ममा काम गर्नुहुन्छ भने अरु लगानीकर्ताहरु रामजी कुँबर, रेशम कुँबर र देव जिसी विदेशमा हुनुहुन्छ । विदेशमा रहनुभएकाहरुको परिवारले बाख्रापालनमा सहयोग गर्नुभएको छ । बाख्रापालन व्यवसाय सफल हुन थालेपछि विदेशमा रहेकाहरु पनि फर्किने सोच बनाएको महेन्द्रले बताउनुभयो । साथीहरुलाई पनि बोलाउँदै छौं महेन्द्रले भन्नुभयो ‘‘पाँचै जना मिलेर भविष्यमा फार्मलाई विस्तार गर्ने सोच छ ।’’ बाख्र्राका साथै भैसीपालन र कुखुरा पनि थप्ने योजना बनाएको उहाँले बताउनुभयो । ‘‘विदेशमा हुँदा नै साथीहरु वीचमा छलफल गरेर बाख्रापालन गर्ने योजना बनाएका थियौं,’’ महेन्द्र बानियाँले भन्नुभयो ‘‘सामूहिक रुपमा लगानी गरी नमुना फार्मका रुपमा सञ्चालन गर्ने योजना बनाएका हौं ।’’ योजना अनुसार हामी दुई जना स्वदेश फर्किएर काम थालेका हौं बानियाँले भन्नुभयो । फार्ममा यतिखेर माउ,पाठापाठी र बोका गरेर एकसय ४२ वटा छन् । बोका र बाख्रा गरेर ३५ वटा विक्री गरिसकेको उहाँले बताउनुभयो । फार्ममा बाख्राको संख्या बढान लागेकाले अहिले थोरै मात्र विक्री गरेको बानियाँले बताउनुभयो । युवाले बाख्रापालनका लागि एकसय रोपनी जमिन व्यवस्थापन गरेका छन् । धेरै वर्ष विदेशमा बसियो अव स्वदेशमै केही गरेर देखाउनुपर्दछ भन्ने सोचका साथ गाउँफर्किएको महेन्द्रले बताउनुभयो । ‘‘हामीले युवा पुस्तालाई केही नयाँ दिनुपर्दछ,’’ महेन्द्रले भन्नुभयो ‘‘युवा विदेशीने क्रम तिव्र छ । स्वदेशमै परिश्रम गर्ने हो भने कृषिमा पनि ठूलो अवसर छ भन्ने सन्देश दिन खोजेका छौं ।’’ परिश्रम गर्न सकेमा पशुपालनमा राम्रो संभावना रहेछ भन्ने एकवर्षको अनुभवले देखाएको उहाँले बताउनुभयो । वर्षौंदेखि विदेशमा बसेका युवा गाउँ फर्किएर बाख्रापालन गर्दा गाउँलेहरु पनि दङ्ग परेका छन् । सुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी सुरु गरेको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत लोकल खरी, जमुनापारी जातका बाख्राहरु रहेको ध्रुब कुँबरले बताउनुभयो । फार्ममा दुइवटा बोयरको विउ बोका छन् । विदेशमा १३ वर्ष अरुकोमा काम गरियो कुँबरले भन्नुभयो, ‘‘अहिले आफ्नै फार्ममा काम गर्न पाउँदा खुसीको सिमा छैन ।’’ आँफैले लगानी गरेको फार्ममा काम गर्न पाउँदा गर्ब महशुष भएको कुँबरले बताउनुभयो । अन्य तिनजना साथीहरुलाई पनि ढाक्दै छौं, कुँबरले भन्नुभयो, ‘‘साथीहरु आएपछि बाख्राका साथै भैंसीपालन र कुखुरा पनि थप्ने योजना बनाएको छौं ।’’ उनीहरुले बाख्रालाई आवश्यक पर्ने पाखोबारीमा घाँस पनि लगाएका छन् । बाख्रालाई घाँस खुवाउन वर्षेघाँस अन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपेका छन् । यसैगरी डाले घाँसतर्फ कोइरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकाइनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस खेती गरिएको बानियाँले जानकारी दिनुभयो । उत्पादन गर्नसके बाख्रा, पाठापाठी तथा खसी–बोका बिक्री वितरणका लागि बजारको समस्या नभएको कुँबरले बताउनुभयो । आगामी दिनमा क्षमता बढाएर पाँच सयवटा बाख्रा पु¥याउने योजना रहेको कुँबरले बताउनुभयो । अहिले फर्ममा बाख्रालाई घाँसपात काट्ने, दानापानी खुवाउने र सरसफाइलगायत काम गर्नका लागि दुईजनालाई रोजगारी समेत दिएका छन् । परिश्रम गर्न सके कृषि र पशुपालनमा संभावना राम्रो भएको उदाहरण युवाले देखाएका छन् ।