शारदा नगरपालिका ५ रानिकोटका स्थानीयले सामूहिक बाख्रापालन गरेका छन् । पहिले एक्लाएक्लै आएका स्थानीयले अहिले सामूहिक रुपमै बाख्रापालन गर्न थालेका हुन् ।
शारदा नगरपालीका ४ रानिकोटकी रीता आर्चाले पहिले घरमा दुईचारवटा मात्र बाख्रा्पाल्दै आउनुभएको हो । बाख्रा चराउन जंगल लैजानुपथ्र्याे तर अहिले सहज भएको उहाँको भनाइ छ ।
रानीकोटै चम्फा शाहीका घरमा पहिले घरमा रहरले एक दुई वटा मात्र बाख्रापालन गर्नु भएको थियो तर अहिले सामूहिक बाख्रापालनमा लागेपछि जंगल चराउन लैजान दुःख हटेको छ भने आम्दानी पनि भैरहेको छ । रानीकोटका २० घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।