भारतमा संक्रमण फैलिएसँगै नेपाल आउने बढे, नाकाबाटै संक्रमण फैलिने सम्भावना (भिडियो)

नेपालगन्ज – भारतबाट नेपाल आउँदा दायाँतिर हेल्थ डेक्सको एउटा बोर्ड छ। हेल्थ डेक्ससँगै छ एउटा सानो भवन। करिब बिहानको १०ः३० बजेको थियो। त्यस भवन वरिपरि थकित अनुहारसहित मानिसहरुको भीड र लाइन थियो। यो भीड थियो- भारतमा कामको सिलसिलामा गएर नेपाल फर्कँदै गरेको नेपालीहरुको। भारतमा कोरोना फैलिएसँगै विभिन्न नाका हुँदै घर नेपाल फर्कनेको चाप पनि बढेको […]

सम्बन्धित सामग्री

पुर्ख्याैली संस्कृति खोज्दै म्हपूजा गर्न नेपाल आउने युवाको कथा

आज जसरी नेपालीहरू विश्वमा फैलिने क्रम जारी छ, त्यसरी नै भोलि ‘रोमुलस’हरू आफ्नो पुर्ख्यौली पहिचान खोज्दै नेपाल आउने क्रम पनि बढ्नेछ।

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

वैशाख १५, झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ ।  भारतमा कोभिड–१९ को संक्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मंगलवारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मंगलवार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पीसीआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उनले बताए ।  ‘अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भने, ‘भारतमा कोरोना भाइरसको संक्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।’ भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पीसीआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो संख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ । सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको संख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् ।  सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन नभइसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को संक्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ ।

विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं : नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ। अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो। त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अन...

नेपाल आउने हवाई यात्रु दुई हप्‍ता क्वारेन्टाइनमा बस्‍नैपर्ने

काठमाडौं : नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले आजदेखि थप कडाइ गर्दैछ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाई गर्ने भएको हो। नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले त्रिभुवन विमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्नका लागि फारम भर्नुपर्ने स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. ...