अफगान रक्षामन्त्रीको घर नजिकको कार विस्फोटको जिम्मेवारी लियो तालिबानले

मंगलवार अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह खान मोहम्मदीको घर नजिक कार विस्फोट भयो । मोहम्मदी उक्त आक्रमणमा घाइते भएनन् ।  बुधवार तालिबानले यस आक्रमणको जिम्मेवारी लिएको छ ।  वरिष्ठ अफगान सरकारी अधिकारीहरूविरुद्ध थप आक्रमण गर्ने चेतावनी तालिबानले दिएको छ ।  राजधानी काबुलमा विस्फोट र गोली हानाहानका अनेकौं घटना भएका छन् ।  प्रत्यक्षदर्शीहरूका अनुसार, मन्त्रीको निवासनजिक कार विस्फोट गरेलगत्तै सशस्त्र व्यक्तिहरू भवनमा प्रवेश गरे । सरकारी फौजहरूले ती अपरिचित बन्दूकधारीसँग चार घन्टाभन्दा बढी भिड...

सम्बन्धित सामग्री

अफगानिस्तानको चर्चित गुरुद्वारामा शक्तिशाली हमला, ३० जना फसेको आशंका

अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको खबर छ ।आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ ।अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुनसक्छ । आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ ।यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन् ।यद्यपी मृतकको यकिन सं

काबुलमा अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणको भिडियो जारी, गलती स्वीकार

अमेरिकी सेनाले काबुलमा अगस्ट २९ मा काबुलमा गरेको ड्रोन आक्रमणको भिडियो बुधवार जारी गरेको छ ।  उक्त आक्रमणमा सात बालबालिका सहित १० जना अफगान नागरिक मारिएका थिए । आईएसका आतंकवादीहरूलाई लक्ष्य बनाएर आक्रमण गरेको भए पनि मेरिकीहरूले अफगान सर्वसाधारणको हत्या गरेका थिए ।  भिडियोमा अमेरिकी सेनाको ड्रोन काबुल शहरमाथि सेतो टोयोटा कोरोला कारलाई ट्य्राक गरिरहेको देखिन्छ । आईएसकेपीका आतंकवादीहरूको कारमा विस्फोटक पदार्थ छ रहेको भन्ने अनुमानमा कार ट्य्राक गरिएको थियो ।  तर उक्त अनुमान गलत ठहरियो र सर्वसा...

तालिबानद्वारा पूर्वराष्ट्रपति कारजाइ र नेता अब्दुल्लाहलाई घरमै नजरबन्द

काबुल । पूर्व अफगान राष्ट्रपति हमिद कारजाइ र राष्ट्रिय मेलमिलाप आयोगका प्रमुख अब्दुल्ला अब्दुल्लालाई पक्राउ गरि तालिबानले घरमै नजरबन्द राखेको सीएनएनले जनाएको छ । उनीहरुका सुरक्षाकर्मीलाई पनि तालिबानले हटाएको उल्लेख छ । साथै, तालिबान लडाकुले दुबै नेताको कार लगायतका सामग्रीलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । सीएनएनका अनुसार तालिबान लडाकुहरु कारजाइको घर खानतलासी गर्न पुगेका […]

अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी

एजेन्सी– रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानी हेलिकोप्टर भरी पैसा भरेर राजधानी काबुलबाट भागेको दाबी गरेको छ । काबुलस्थित रुसी दूतावासले भने प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले कार र हेलिकोप्टरमा पैसा भरेर निस्किएको जनाएको हो । समाचार संस्था आरआईएलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले पनि घानीले पैसा नअटेपछि केही छाडेर गएको जनाएको छ । तालिबानले काबुल […]