बालेनद्वारा जरिवाना मिनाहा गर्न माग

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिनुभएको हो। निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिनुभएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय हो।” उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ। काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले

सम्बन्धित सामग्री

निर्वाचन खर्च: जरिवाना मिनाहा खोज्दै जनप्रतिनिधि

निर्वाचन आयोगले तोकेको समयभित्र चुनाव खर्च नबुझाएका स्थानीय तहका जनप्रतिनिधिहरूले जरिवाना मिनाहा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।...

निर्वाचन आयोगमा बालेन शाहकाे निवेदन: मेराे जरिवाना मिनाहा गरियाेस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् । तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै ...

जरिवाना मिनाहाको माग गर्दै बालेनले दिए आयोगमा निवेदन

काठमाडौं :  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।  समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि साहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन्। उनले फोहर व्यवसस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।  निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवान

एयर एसिया लफडाः जब प्रभु बैंकका २२ वटा चेक ‘वाउन्स’ भए...

नेपाललाई करिब १८ करोड रुपैयाँ बक्यौता नतिरेको मलेसियाको एयर एसिया एक्सको ४९ प्रतिशत सेयर स्वामित्व भएको थाइल्याण्डको ‘थाइ एयर एसिया’ले बैंकक-काठमाडौँ–बैंकक उडान अनुमति पाउने लगभग पक्कापक्की छ ।बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको दबाब थेग्न नसकेपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) एयर एसिया एक्सको लगानी भएको थाइ एयर एसियालाई उडान अनुमति दिने अन्तिम तयारी गरिरहेको छ । थाइ एयर एसियाका एसिया क्षेत्र हेर्ने जनरल म्यानेजर सुरेश नायर र प्रधानमन्त्रीपत्नी आरजुबीच बालुवाटारमा डील भईसकेको स्रोतले दाबी गरेको छ ।जब २२ वटा चेक वाउन्स भए...सन् २०१२ देखि नेपालमा उडान सुरु गरेको मलेसियाको एयर एसियाले सेप्टेम्बार २०१८ बाट उडान बन्द गर्यो । नेपालस्थित एयर एसिया एक्सको जीएसए (जनरल सेल्स एजेन्ट)ले बदमासी गरेपछि एयर एसिया नेपालमा उडान नगर्ने निर्णयमा पुग्न बाध्य भएको थियो ।त्यतिबेला एयर एसिया एक्सको जीएसए थियो इन्सेन्टिभ ट्राभल । प्रति उडान १ लाख ४० हजार डलर एयर एसियालाई उपलब्ध गराउने गरी इन्सेन्टिभ ट्राभलले जीएसए लिएको थियो । तर, क्रमशः दिन्छु भनेको पैसा दिन नसक्ने अवस्थामा ट्राभल कम्पनी पुग्यो ।‘हरेक उडानमा १ लाख ४० हजार डलर दिने कुरा सजिलो थिएन, किनकी फ्लाइट सधैँ एकनाश हुँदैनथ्यो’ स्रोत भन्छ, ‘उता एयरलाइन्सको बिजनेश गुम्दै थियो, यता एयरपोर्ट चार्जदेखि अरु चार्जहरु पनि थपिँदै थियो । एयरपोर्टलाई त जीएसएसँग मतलब हुने कुरा भएन, एयरलाइन्ससँग मतलब हुने हो । त्यसपछि चार्ज थपिँदैछ भनेर एयरपोर्टले भनेपछि एयरलाइन्सले यता जीएसएसलाई तिर्न भनेछ । जीएसएसले धमाधम चेक दियो । एयरपोर्टले चेक एक्सेप्ट त गर्यो, तर पैसा नै नभएको चेक रहेछन् । त्यस्ता २२ वटा चेक वाउन्स भए ।’स्रोतका अनुसार ८ करोड बढीका २२ वटा चेक वाउन्स भएपछि एयरलाइन्सको नाममा बक्यौता बाँकी देखियो । वाउन्स भएका चेकहरु प्रभू बैंकका थिए ।त्यसपछि २ करोड ५० लाख रुपैयाँ त तिर्यो । तर बाँकी करिब ५ करोड ५० लाख रुपैयाँ बक्यौता जरिवानासहित अहिले पनि बढिरहेको छ ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला कुन कुन मितिमा चेक वाउन्स भएका रहेछन् भनेर आफूले पनि बुझ्नुपर्ने बताउँछन् ।‘म बुझेर भनौँला’ उनले दिएको प्रतिक्रिया यत्ति हो ।राजकुमार क्षेत्रीसँग मलेसियनहरुको ‘हार गुहार’एयर एसिया एक्सले धेरै पैसा तिर्न बाँकी थियो । अलिअलि उसको जीएसए इन्सेन्टिभ ट्राभलले तिर्न भनेर जम्मा गरेका चेकहरु पनि वाउन्स भए । एयर एसिया एक्सले ३५ करोड बढी शुल्क तिर्न बाँकी रहेका बेला त्रिभुवन विमानस्थलको जीएम (जनरल म्यानेजर) बने राजकुमार क्षेत्री ।उनी जीएम भएपछि मलेसियाबाट एयर एसियाका प्रतिनिधिहरु आफैँ आएर जरिवाना मिनाहा गरिदिन भने । तर, क्षेत्रीले सिस्टमबाट नियम अनुसार बढेको जरिवाना भएकाले मिनाहा गर्न नसकिने अडान लिए । त्यसपछि जरिवाना बाहेकको करिब २७ करोड रुपैयाँ एयर एसिया एक्सले तिर्यो ।यसअघिःआरजु–नायर डीलः १८ करोड बक्यौता चुक्ता नगरी थाइ एयर एसियालाई उडान अनुमतित्यतिबेला एयर एसियाका प्रतिनिधिले आफूहरुको कुनै गल्ती नरहेको भन्दै नेपालस्थित जीएसएकै कमजोरीले आफूहरु बद्नाम हुनु पर्ने अवस्था आएको भन्दै जीएसएलाई कारबाही गर्न माग पनि गरेका थिए । तर, त्यतिबेलाको एयर एसिया एक्सको जीएसए इन्सेन्टिभ ट्राभलका सञ्चालक हरिमान लामा सबैतिर ऋण लिएर टाट पल्टिसकेका थिए । हाल त उनी नेपालमै छैनन् भनिन्छ । यो क्षेत्रका कसैसँग उनको सम्पर्क छैन ।त्यसपछि एयर एसियाका प्रतिनिधिहरु फर्किए ।तर, विमानस्थलका जीएम राजकुमार क्षेत्री हङकङ भ्रमणमा रहेका बेला एयर एसिया एक्सले एक्कासी अबदेखि उडान नगर्ने जानकारी विमानस्थललाई गरायो । क्षेत्री हङकङ भ्रमणमा रहेका बेला निमित्त जीएमको जिम्मेवारी सुरेशमान सिंहले पाएका थिए । सिंहले जीएम क्षेत्रीलाई सम्पर्क गरे । क्षेत्रीले बक्यौता पूरा नगरी जहाज फर्किन नदिनू भन्ने निर्देशन दिए । जहाज ‘होल्ड’ भयो ।त्यसपछि काठमाडौँस्थित मलेसियन दूतावासको रोहबरमा बक्यौता तिर्ने सर्तमा जहाज छोडियो । तर, उक्त बक्यौता आजसम्म पनि उठेको छैन । विमानस्थल र पर्यटन बोर्डमा एयर एसिया एक्सले बुझाउनुपर्ने बक्यौता १८ करोड नाघिसकेको छ ।तर, अहिले पुनः एयर एसिया एक्सको ४९ प्रतिशत लगानी भएको थाइ एयर एसियालाई दैनिक काठमाडौँ–बैंकक उडान अनुमति दिन बालुवाटार नै सक्रिय भएर लागेको छ । थाइ एयर एसियाको जीएसएमा आरजु राणाको माईती पक्ष (रबिन राणा भनिने व्यक्ति)को कम्पनीलाई नियुक्त गरिसकिएको स्रोतको दाबी छ । यो सबै काम काठमाडौँ आएर थाइ एयर एसियाका एसिया क्षेत्र हेर्ने जनरल म्यानेजर सुरेश नायरले फत्ते गरेर फर्किएका थिए ।

कर छुट र जरिवाना मिनाहा गर्न माग

अमृत अर्याल, स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोभिड–१९ को अवधिमा भएको बन्दाबन्दीको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो । लामो समयदेखि भएको बन्दाबन्दीले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको […]

कर छुट जरिवाना मिनाहा गर्न माग

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोरोना महामारीको अवधिमा भएको निषेधाज्ञाको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो । लामो समयदेखि भएको निषेधाज्ञाले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको भन्दै संघले यस अवधिमा […]