मनाङ : कोभिड–१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ।२०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आवतजावत शून्य थियो। हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ। पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहिलो सातासम्म कुल तीन हजार ८१८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए। यो अवधिमा सार्क राष्ट्