विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैे आज (सोमबार) नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताए। कार्यक्रममा उनले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताए। 'निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने बताउँदै उनले निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जनाएको छ