विराटनगर : प्रदेश १ सरकारले प्रदेश नामकरणका लागि आज मंगलबार सर्वदलीय बैठक गरेको छ। पाँचदलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको हो।प्रदेश १ को नाम राख्नका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए। बैठकको सञ्चालन स्वास्थ्यमन्त्री जयराम यादवले गरे। मन्त्री यादवलाई गत माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने जि