मोरङ । प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको सत्तारुढ गठबन्धन दलले प्रदेशसभामा गठबन्धन […]