सार्वजनिक निकायहरू जनताको विश्वास र अपेक्षाका धरोहर हुन् । यिनीहरू नैतिक, जवाफदेही र सदाचारी बन्नु पर्छ । सार्वजनिक जिम्मेवारीका उच्च तहमा सदाचार र नैतिकता बलियो भएपछि मात्र त्यसको लहरे असर अग्रपङ्क्तिका निकयसम्म पुग्छ । संस्थाप्रति विश्वास जगाउने र शासकीय प्रभावकारिता देखाउने प्रमुख आधार नै व्यावसायिकता, निष्पक्षता र इमानदारी हो । भनिन्छ, राजनीति मूल्यमा आधारित भए लोकतन्त्र बलियो बन्छ । समग्र व्यवस्था सुशासित बनाउने मियो राजनीति हो । सरकार र राज्यका संरचना लोकतन्त्रलाई चलायमान बनाउने संयन्त्र हुन् । लोकतान्त्रिक पद्धतिमा जनताले राज्यलाई मत र कर दिन्छन् र बदलामा जाफदेहिता माग गर्छन् । जवाफदेहिता संरचनामा सरकार कर्तव्य निर्वा