प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण, सभामुख र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ

प्रतिनिधि सभाका ४ सांसदलाई कोरोना संक्रमण देखिएको छ ।  बुधवार भएको परीक्षणमा जसपा सांसद लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, कांग्रेसकी पार्वती डिसी चौधरी र सांसद रामबाबुकुमार यादवमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालय स्रोतले जानकारी दियो । बुधवार १२८ जना सांसदको कोरोना टेष्ट गरिएको थियो । त्यसमध्ये ४ सांसद र दुई कर्मचारीको रिपोर्ट पोजेटिभ आएको संसद् सचिवालय स्रोतले जानकारी दियो ।  सभामुख अग्नि सापकोटा र सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिह...

सम्बन्धित सामग्री

सभामुखको पिसीआर नतिजा नेगेटिभ, चार सांसदसहित २ कर्मचारीमा कोरोना संक्रमण

संघीय संसद प्रतिनिधिसभाका चार सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बोलाइएका विशेष अधिवेशनका लागि बुधबार गरिएका पिसीआर परीक्षणमा चार सांसदसहित संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार नै पिसीआर परीक्षण गर्दा सभामुख अग्नि सापकोटा र सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ । …

सभामुखको नेगेटिभ रिपोर्ट, प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण

यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्यलाई कोरोना, कन्ट्याक्ट ट्रेसिङ हुँदै

काठमाडौं : कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। सभामुख राजबहादुर शाहीले यसबारे पुष्टि गरे। उनले थाहाखबरसँग भने, ‘एक जना माननीयज्यूको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ।’ प्रदेशसभाका अन्य सदस्यहरुलाई पनि कोरोना संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनल...