काठमाडौँमा वर्षा, आज चिसो महसुस

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकालगायत केही क्षेत्रमा छिटफुट वर्षा भएको छ। केही अघि काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भएको हो।पछिल्लो चौविस घण्टामा ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार उच्च पहाडी तथा हिमालीमा हिमपात भइरहेको छ भने पश्चिमदेखि काठमाडौँसम्मका क्षेत्रमा मौसम बदली भएको छ।  उनका अनुसार डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ। कालिकोटमा २४.६, डोटी २३, दैलेख