दिपक मनाङेलाई शिर्ष नेताको फोन, अविश्वासको प्रस्तावको पक्षमा उभिने

काठमाडौं, १४ वैशाख । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात् दिपक मनाङको महत्व निकै बढेको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एक दुई मत मात्र यताउता हुने अवस्था बनेपछि स्वतन्त्र सांसद मनाङेको महत्व बढेको हो । मनाङेलाई पक्षमा पार्न अविश्वासको प्रस्तावका पक्ष र विपक्ष दुवै […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दिपक मनाङेले लिए शपथ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेपछि बिहीवारै शपथ गराइएको छ । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको छ ।

गण्डकी प्रदेश सरकारमा युवा मन्त्री बन्दै दिपक मनाङे

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ गराइने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।

जनमोर्चा जता दिपक मनाङे त्यता

काठमाडौं, १४ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि रोचक घटनाहरु विकास भएका छन् । फ्लोर क्रसका सम्भावनाहरु विकास भइरहँदा सांसद दिपक मनाङेको समर्थनबारे समेत चासो बढेको छ । यसअघि मुख्यमन्त्रीको दाबी गरेका मनाङेले फेरि रोचक निर्णय लिएका छन् । उनले नेकपा फुटिसकेकाले स्वतन्त्र सांसदको हैसियतमा रहेको भन्दै छुट्टै कुर्सीको […]