काठमाडौँ- नुवाकोटको त्रिशुली अस्पतालले काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएका चार वटा कोरोना पोजेटिभका नमूनामध्ये एउटामा पछिल्लो भेरियन्ट डेल्टा प्लस पाइएको छ। त्रिशुली अस्पतालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना पोजेटिभ देखिएका चार नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय ल्याबमा जिन सिक्वेन्सिङका लागि पठाइएको उल्लेख गरेको छ। ती चार नमूनामध्ये तीनमा डेल्टा र एकमा डेल्टा प्लस भेरियन्ट […]