पर्साको वीरगञ्जमा ग्यास बुलेटको ठक्करबाट एक जना युवकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल–०१ एबी–४३७३ नम्बरको बुलेटले ठक्कर दिँदा लालबाबु शाहको मृत्यु भएको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले रातोपाटीलाई बताए ।साइकलमा सवार ३० वर्षीय शाहलाई भारतबाट ग्याँस बोकेर आएको बुलेटले ठक्कर दिएको थियो । भारत मुजफरपुर घर भएका बुलेट चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । मृतक बहुदरमाई नगरपालिका–२ पिपराका स्थानीय हुन् ।