कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्ष प्रणालीतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित अहिलेसम्म प्रत्यक्ष प्रणालीतर्फ प्रतिनिधि सभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यस पटक प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भइ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्नमात्र समावेश गरी मतपत्र छपाइ भइरहेको छ । निर्वाचन आयोगले ज...