भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिकालाई

भोजपुरको षडानन्द नगरपालिकाले धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

सम्बन्धित सामग्री

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्दलाई

धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ । सहिदभुमीको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउदै उपाधि जितेको हो । विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैया हात पारेको छ भने उपबिजेता दमक नगरपालिकाले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

षडानन्दले जित्यो रामनवमी भलिबल कप

धनकुटा : धनकुटाको हिलेमा सम्पन्न १५ औं प्रदेशस्तरीय रामनवमी कप खुल्ला भलिबलको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। षडानन्दले झापा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो।हिले माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिकालाई २१–२५, २५–१८, २५–१४ र २५–२२ ले जित हात पार्न सफल भएको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेलको विजेता षडानन्दले नगद १ लाख २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको

चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

खोटाङ, १६ वैशाख: खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको हो । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि […]

षडानन्दलाई कोसी कप

कोसी भलिबल कपको उपाधि षडानन्द नगरपालिका–१३ बोयाले चुमेको छ । षडानन्दले २५ हजार नगद पुरस्कार जित्यो । षडानन्द–४, दिंलाबजार दोस्रो र अरुण गाउँपालिका– १ याङपाङ तेस्रो भए ।