षडानन्दले जित्यो रामनवमी भलिबल कप

धनकुटा : धनकुटाको हिलेमा सम्पन्न १५ औं प्रदेशस्तरीय रामनवमी कप खुल्ला भलिबलको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। षडानन्दले झापा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो।हिले माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिकालाई २१–२५, २५–१८, २५–१४ र २५–२२ ले जित हात पार्न सफल भएको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेलको विजेता षडानन्दले नगद १ लाख २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको