माओवादी केन्द्रका सांसद सुदन किराँतीले यसअघिको केपी ओली नेतृत्वको सरकारको निन्दा र भत्सर्ना गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार संसद सचिवालयमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिचेको, दुई–दुई पटक प्रतिनिधिसभा भंग गर्ने कू कृत्य गरेको भन्दै निन्दा गर्ने प्रस्ताव पास गर्नुपर्ने उल्लेख गरे ।उनले आगामी दिनमा आउने सरकारले त्यस किसिमका काम गर्न रोक्नका लागि भएपनि अघिल्लो सरकारले गरेका कामहरुको निन्दा र भत्सर्ना गर्ने प्रस्ताव समितिबाट