प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन् । आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको जिकिर गरेका हुन् ।प्रम देउवाले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा ह