जुम्ला – जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जाेडी सम्मानित भएका छन् । दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हाैसला दिन याे सम्मान गरिएकाे नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयाे । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित अन्तरजातीय जोडीले पनि यो महत्वपूर्ण कार्यका लागि धन्यवाद ...