उपत्यकामा राप्रपाले खाता खोल्यो, शंकरापुरको मेयरमा नापितको रोचक जीत

काठमाडौं, ३ जेठ । स्थानीय चुनावमा उपत्यकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोलेको छ । राप्रपाले यो चुनावमा मात्र नभई दशकौंपछि पहिलोपटक उपत्यकामा महत्वपूर्ण जीत हासिल गरेको हो । राप्रपाका रमेश नापितले गठबन्धनका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै जीत निकालेका हुन् । अघि र पछि गर्दै मतगणना रोचक भइरहँदा नापितले झीनो मतान्तरले जीतेका […]

सम्बन्धित सामग्री

मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी

मनाङको प्रदेश सभा (क) मा  कांग्रेसका मुनिन्द्रजङ गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् ।मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राप्रपाले २३ मत पाएको छ ।प्रदेशसभा ‘ख’ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक

डोटीमा सकियो मतगणना : ७ पालिकामा कांग्रेस, एमाले र माओवादी १/१ पालिकामा विजयी

जेठ ४, डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।  पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।  यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् । उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ ।  नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो । यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएकामा राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए । नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख दिपायल सिलगढी नगरपालिका–प्रमुख : बाजिसिं खड्का ‘विजय’,  उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका–अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका–अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।  यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् । रासस

काठमाडौंमा राप्रपाको इन्ट्री, शङ्खरापुरको मेयर बने नापित

काठमाडौं ।काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फर्किएको छ । विसं २०७४ पछि राप्रपाले राजधानीमा पहिलो पटक जीत हासिल गरेको हो ।

काठमाडौंमा राप्रपाको इन्ट्री, शङ्खरापुरको मेयर बने नापित

काठमाडौं ।काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फर्किएको छ । विसं २०७४ पछि राप्रपाले राजधानीमा पहिलो पटक जीत हासिल गरेको हो ।

राप्रपा आफ्नै बलबुतामा निर्वाचनमा जान्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे ।उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्ति

ओली र सिटौलाको गृह जिल्लामा राप्रपाको दोस्रो जित

असार १९ । झापामा राप्रपाले दोस्रो जीत हात पारेको छ । झापाको हल्दिबारी गाउँपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन विजयी भएका छन् । उपाध्यक्षमा...