राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा पनि मतगणना सुरु

धनगढी : सुदूरपश्चिममा राष्ट्रियसभाका तीन सिटका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ। धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि मतदान भएको थियो। मतदान सकिएपछि मतगणना सुरु गरिएको हो।सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७५  मत खसेको जानकारी दिए। तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन्।गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिम र कोशीमा मतगणना सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिए । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ […]

राष्ट्रियसभा निर्वाचन : हेटौँडामा सुरु भयो मतदान

हेटौँडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे सकिने र लगत्तै मतगणना सुरु गरिने आजै साँझसम्म नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । […]

मधेस प्रदेशमा सुरु भयो मतगणना

राष्ट्रियसभा निर्वाचन अन्तरगत बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । बुधबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो ।  मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका थिए ।   बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मतदान नगर्नेमा चारजना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मत

राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु

राष्ट्रियसभामा रिक्त रहेको दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ । निर्वाचनमा बागमती प्रदेशसभाका एकसय नौ जना सांसदमध्ये एकसय ६ जना र स्थानीय तहका दुई

राष्ट्रियसभा : बागमतीमा खस्यो ३४३ मत, ४ बजेदेखि मतगणना

हेटौंडा : राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा ३ सय ४३ मत खसेको छ । ३ बजेसम्म तोकिएको समयमा प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो । बागमतीमा १०९ जना प्रदेशसभा सदस्य भए पनि विवेकशील साझा पार्टिका ३ जना सांसद मतदानमा सहभागी नभएपछि १०६ मत मात्रै खसेको हो।अहिले ४ बजेपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए  । दुई पदका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ ग

राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ । मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।