राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्थमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला अर्थमन्त्रीले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताए । चालू आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ । अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि उसले गर्ने स्पष्ट पारे । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरूसँगको भेटमा मन्त्री शर्माले भने, ‘मैले गभर्नरलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट वञ्चित नहुन् भनेको हुँ ।’ वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थिति सृजना गर्न आफूले निर्देशन गरेको उनले बताए । ‘आम नागरिकलाई अप्ठ्यारो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन,’ शर्माले भने, ‘नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु ।’ मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने काम नगर्ने पनि उनले बताए । ‘जनतालाई अप्ठ्यारो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठ्यारो हुने काम नहुने गरी जेजे लेख्नुपर्ने हो लेख्नोस् भनेको छु,’ शर्माले थपे, ‘यसो भन्नु मेरो दायित्व हो ।’ मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन माग आएको उनले बताए । शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आपूm नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अन्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् । मन्त्री शर्माले अनुसन्धानमुखी तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गरेका छन् । साथै, यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर भएको उनको जिकीर छ । शर्माले भने, ‘आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु ।’ त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले तथ्यमा आधारित नीति बनाउन सघाउ पुग्ने बताए । उनले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भए पनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए ।

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हस्तक्षेप हुँदैन : अर्थमन्त्री पाैडैल

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज बुधवार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने बताउनुभएको हो ।  अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरूलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीलाई आग्रह गर्नुभयो ।  कार्यक्रममा मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीन व...

ब्याजदरमा हस्तक्षेप गर्न नमिल्ने सुझाव

ब्याजदरमा हस्तक्षेप गर्न नमिल्ने सुझावसहित अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरी सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री शर्मालाई अध्ययन प्रतिवेदन बुझाउँदै ब्याजदर बजारले निर्धारण गर्ने भएकाले सरकारले हस्तक्षेप गरेर ब्याजदर घटाउन वा बढाउन नसकिने सुझाव दिएको हो ।बैंक तथा वित्तीय संस्थाले असोजमा बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १५.३ […]

ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको संकेत

काठमाडौँ – सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर उत्पादन बढाउन नसकिने भन्दै निक्षेपको ब्याजदर घटाउन लागिपरेको बताएका थिए । त्यसको तीन दिनपछि अर्थ मन्त्रालयले आइतबार ब्याजदर वृद्धि […]

ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको संकेत

सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन...

अर्थमन्त्री शर्मामाथि नैतिक जिम्मेवारी

राष्ट्र बैंकमाथि समेत हस्तक्षेप बढाउन अर्थमन्त्री शर्माले गभर्नर अधिकारीमाथि आक्रमण गरेका हुन् भन्ने पुष्टि भएको छ।...

अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप गर्न आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप गर्न आग्रह गरेको छ । आइतबार नेकपा एमालेका तीनजना पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै अर्थतन्त्र संकटोन्मुख भएका बेला अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गलत निर्णय लिएको आरोप पनि लगाए ।अर्थतन्त्र सम्हाल्न नसकेका कारण अर्थमन्त्री फेर्नुपर्ने माग […]

अर्थमन्त्री शर्माले राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरे : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । उनले राष्ट्र बैङ्क स्वायत्त निकाय हो भन्दै अर्थमन्त्रीले मन्त्रालय अधीनको अङ्गजस्तो ठानेको आरोप लगाए । ‘राष्ट्र बैङ्कलाई मन्त्रालय अधीनको अङ्गको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झैँ चलाउन खोजियो, राष्ट्र बैङ्कको स्वायत्ततामा हस्तक्षेप गरियो’ […]