नेपालमा कोरोनाभाइरसको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको छ । यसअघि कोरोना संक्रमणका तीन वटै लहरलाई केलाउँदा भारतमा संक्रमण दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना संक्रमण भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् ।नेपालमा पछिल्ला दिनमा दै