काठमाडौँ। अर्थमन्त्री खनालले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमका लागि कडा र सरल मापदण्ड तय गरेका छन्। उनले प्रमुख अतिथिका रूपमा सहभागी हुँदा परम्परागत सम्मानका विधि स्वीकार नगर्ने स्पष्ट पारेका छन्। अर्थमन्त्री खनालका अनुसार अब उनी प्रमुख अतिथि भए पनि खादा, माला, अबिर, फूलगुच्छाजस्ता कुनै पनि स्वागत सामग्री ग्रहण गर्ने छैनन्। साथै बाहिर उभिएर स्वागत गर्ने‚ […]
काठमाडौँ। प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका छन्। जेन-जी आन्दोलनले सत्ता गुमाएका नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलोपटक बालुवाटार गएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको तीन दलका शीर्ष नेताहरूको छलफलमा एमाले अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पुगेका छन्। प्रधानमन्त्री बनेपछि कार्कीले पहिलोपटक […]
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उनले सरकार राहत वितरण, शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीलगायतमा केन्द्रित रहेको बताएका छन् । गत भदौ २३–२४ गतेको जेन-जी आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा सहिद परिवार र घाइतेको […]
रिट निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत निकायबाट निर्देशिका कार्यान्वयनमा अवरोध सिर्जना गरिएको भन्दै त्यससम्बन्धी निर्णय र पत्राचार बदर गर्न माग गरिएको छ।