चिकित्सा शिक्षासम्बन्धी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ मा अधिकांश सांसद सबैभन्दा बढी आवश्यक ठानिएको नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषयका विपक्षमा उभिएपछि ऐन समयमै पारित हुनेमा झन् शंका थपिएको छ।
व्यवस्थापिका संसदमा चिकित्सा शिक्षा विधेयक विचाराधीन भएको धेरै भइसकेको छ। विधेयक पास गर्न जति ढिलो हुन्छ, उति नै चलखेल र विकृति बढ्छ भन्ने मेरो बुझाइ छ। अहिले चिकित्सा शिक्षा संक्रमणकालीन अवस्थामा छ। यहाँ विकृति र विसंगति धेरै छन्। यही देखेर÷बुझेर नै सरकारले समिति बनाएर प्रतिवेदन पेस गर्न लगाएको थियो। त्यही प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक…