ताप्लेजुङ । नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो । सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै सङ्ख्यामा पर्यटक […]